+
+

कार्वन उत्सर्जनमा नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते ८:५९

काठमाडौं । विश्व ऊर्जा एजेन्सी (आईईए) का अनुसार गत वर्ष सन् २०२१ मा विश्वमा ३६ अर्ब ३० करोड मेट्रिक टन (३६.३ गिगाटन) कार्वन डाइअक्साइडको उत्सर्जन भएको छ ।

एजेन्सीका अनुसार सन् २०२० मा भन्दा गत वर्ष विश्वमा कार्वन उत्सर्जनमा ६ प्रतिशतले वृद्धि भएको यो । कार्वन उत्सर्जनको यो परिमाण अहिलेसम्मकै उच्च हो । सन् २०२१ मा विश्व कार्वन उत्सर्जन सन् २०२० को भन्दा दुई अर्ब मेट्रिक टनले वृद्धि भएको छ ।

कोभिड–१९ महामारीबाट विश्व अर्थतन्त्र सशक्त रुपमा बाहिर निस्किँदै गरेको र आर्थिक वृद्धिका लागि आवश्यक ऊर्जाको उत्पादनका लागि कोइलाको दहन अत्यधिक भएको हुँदा कार्वन उत्सजर्नले नयाँ कीर्तिमान कायम गरेको एजेन्सीको भनाइ छ ।

कूल कार्वन उत्सर्जनमध्ये ४० प्रतिशत अर्थात् १५ अर्ब ३० करोड टन कोइलाको खपतबाटै निस्किएको छ । त्यस्तै ७ अर्ब ५० करोड टन प्राकृतिक ग्यासबाट र १० अर्ब ७० करोड टन पेट्रोलियम पदार्थको दहनबाट निस्किएको छ ।

सन् २०२१ मा ऊर्जाको माग पूरा गर्न तथा प्रतिकूल मौसम र ऊर्जा बजारको स्थितिलाई मध्यनजर गर्दै कोइलाको माग बढ्यो । त्यस्तै कोइलाको माग बढ्नुमा प्राकृतिक ग्याँसको मूल्यवृद्धि हुनुपनि कारण रहेको छ । नविकरणीय उर्जाको साटो कोइलाको खपतमा वृद्धि हुँदा वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा पनि बढेको छ ।

एजेन्सीका अनुसार विश्वस्तरमा कार्वन डाइअक्साइडको उत्सर्जनको मामिलामा चीन सबैभन्दा अगाडि छ । सन् २०१९ देखि २०२१ सम्ममा चीनको कार्वन उत्सर्जनमा ७५ करोड मेट्रिक टन वृद्धि भएको छ । सन् २०२० र २०२१ मा आर्थिक वृद्धि हासिल गर्ने चीन एक्लो मुलुकको रुपमा रह्यो ।

विश्वको कार्वन उत्सर्जनमा चीनको हिस्सा ३३ प्रतिशत रहेको छ । चीनले सन् २०२१ मा ११ अर्ब ९० करोड टन कार्वन उत्सर्जन गरेको छ ।

–एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?