+
+

ताप्लेजुङमा आगलागी : एक महिलाको मृत्यु, एक घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १०:०७

२७ फागुन, काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ काप्चेमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन् ।

रविन आङबोहाङको घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलिमाया लिम्बुको मृत्यु भएको हो । उनकी नातिनी १६ वर्षीया रेविना लिम्बु घाइते भएकी छन् । उनको अस्पतालमा उपचार जारी छ ।

ताप्लेजुङ प्रहरी प्रमुख बालनरसिंह राणाका अनुसार चुलिमाया ग्यास सिलिण्डिर पड्किएर घाइते भएकी थिइन् । ‘उहाँ दमको रोगी पनि हुनुहुँदो रहेछ । प्रहरी टोलीले उद्धार गरेर अस्पतालमा लगेको थियो । उपचारको क्रममा मृत्यु भयो,’ राणाले अनलाइनखबरसँग भने ।

आज बिहान करिब ८ः२५ बजेतिर जस्ताले छाएको दुई तले घरमा आगो लागेको थियो । सो घर क्षतिग्रस्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?