+
+

एपीएफलाई एएफसी लाइसेन्स, अग्नि ग्रुपले दियो बधाई

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १२:४३

काठमाडौं । एपीएफ फुटबल क्लबले एसियाली फुटबल महासंघ (एएफसी) लाइसेन्स प्रमाणपत्र प्राप्त गरेको छ ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित विशेष समारोहमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माको समेत उपस्थिति रहेको थियो । अग्नि ग्रुप महिन्द्रा नेपाल एपीएफसँग करिब ८ वर्षदेखि आबद्ध छ । अग्नी ग्रुपले सुरुवाती दिनदेखि नै क्लबको स्तरोन्नतिका लागि सक्दो सहयोग गर्दै आइरहेको छ ।

अग्नि ग्रुपका कार्यकारी निर्देशक शर्माले एपीएफलाई नेपालको आधिकारिक चौथो क्लब बनेकोमा बधाई दिंदै एपीएफ टिमलाई सफलको शुभकामना समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?