+
+

घ्यू तेल उत्पादक संघले भन्यो–खानेतेल घाटामा बेच्दैछौं

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १८:१३

२७ फागुन, काठमाडौं । तेल उत्पादकहरुले बजारमा खानेतेलको मूल्य बढेको भनि थप वृद्धि रोक्न घाटा खएर तेल बिक्री गरिरहेको दाबी गरेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै तेल उत्पादकहरुको संस्था नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले यस्तो दाबी गरेको हो ।

खानेतेलको कच्चा पदार्थको मूल्य ४० देखि ५० प्रतिशत हाराहारीले बढे पनि तेलको मूल्य नबढाई उल्टै आपूर्ति सुचारु राख्न हरसम्भव प्रयास गरेको संघको भनाइ छ ।

‘सन् २०१९ मा २०२२ मा ७ सय डलर रहेको कच्चा तेलको मूल्य १५ सय डलर पुगेको छ । यसमा रुस र युक्रेनको युद्धले थप मलजल गरेको छ,’ संघले भनेको छ, ‘गत फेब्रुअरी महिनादेखि यस्ता कच्चा आयात समेत रोकिएको अवस्थामा आपूर्ति सहज गराउनु नै ठूलो चुनौती भएको छ ।’

अन्तर्राष्ट्रिय बजारको कच्चा पदार्थको मूल्यअनुसारको मूल्य स्थानीय बजारमा कायम राख्नै जटिल भएको पनि संघको भनाइ छ । रुस र युक्रेनको तनावका कारण अघिल्लो महिनाको तुलनामा अहिले तेलको मूल्य निकै महँगिएको पनि संघको दाबी छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण आयातमा हुने ढुवानी लागत र डलरको विनिमय दरमा भएको उच्च वृद्धिको मारमा उद्योगीहरु परेको संघको भनाइ छ । खाने तेलको मूल्य भन्दा पनि आपूर्ति व्यवस्था नियमित गर्न जटिलता देखिएको भन्दै संघले भन्सार र महसुल दरमा सरकारले छुट दिनुपर्ने माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?