+
+

ओली सडकमा पछारिएका छन्, हामी देशको अगुवाइ गरिरहेका छौं : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते १५:१७

२८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै दम्भका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सडकमा पछारिएको बताएका छन् । र आफूहरु देशको अगुवाइ गरिरहेको दावी गरेका छन् ।

‘सबै ठाउँमा सरकारमा बसेका केपी ओली किन सडकमा पछारिन पुगे ? के गर्छस् मंगले आफ्नै ढंगले’ धादिङको गल्छीमा आयोजित कार्यक्रममा उनले भने, ‘केपी ओली आफ्नै कुवुद्धिले, आफ्नै ढंगले, आफ्नै दम्भले गर्दा आज सडकमा पछारिएका छन् । हामी देशको अगुवाइ गरिरहेका छौं ।’

पाँच दलीय गठबन्धन भत्काउन एमाले अध्यक्ष ओलीले निकै प्रयास गरे पनि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनतिर इमान्दारिता देखाएको बताए ।

‘यो गठबन्धन भताभुंग पार्न केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई निकै चारा फाल्ने कोशिस गरे, हाम्रो एकता तोड्न कोशिस गरे । मान्छेलाई लाग्यो कतै केपी ओली र शेरबहादुर मिल्ने त होइन ?’ उनले भने, ‘तर शेरबहादुरजीले इमान्दारिता राख्नुभयो । उहाँले भन्नुभयो–संकटका बेला मिलेर अघि बढेका छौं । यो संकटका बेलाको मित्रतामा घात गर्न सक्दिन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?