+
+

बोगटी नहुँदा दुःखी पात्र बन्न पुगेँ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते १६:१६
नुवाकोटको विदुरमा नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्दै प्रचण्ड ।

२८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता पोष्टबहादुर बोगटीको निधनपछि आफूले दुःख पाएको बताएका छन् ।

शनिबार नुवाकोटको विदुरमा बोगटीको पूर्णकदको शालिक अनावरण गर्दै प्रचण्डले उनको निधनबाट सबभन्दा बढी क्षति पार्टी हेडक्वार्टरलाई भएको बताए । उनले भने, ‘उहाँ नहुँदा अहिले पार्टीभित्र असाध्यै दुःख भोग्ने दुःखी पात्र म बन्न पुगेको छु ।’

पार्टीमा बेलाबेला देखा पर्ने अन्तरसंघर्षले सीमा नाघ्दा बोगटीले नै मिलाउने गरेको उनले सम्झिए । बोगटी जहाँ समस्या आउँछ, त्यसको समाधान गर्ने व्यक्ति जस्तै बनेको भन्दै स्मरण गर्दै उनले भने, ‘डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण म लगायत हामीहरु सिनियर थियौं । तर उहाँले टेबल ठटाएपछि हामी वरिष्ठ भन्ने नेताहरुको करिव करिव सातो जान्थ्यो ।’

डाक्टर र वैद्यले आफूलाई साताएको बेला बोगटीले नै संकट टार्ने गरेको उनले सुनाए ।

माओवादी केन्द्रका नेता बोगटीले ३० भदौ २०७१ मा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?