+
+

टीभीएस रेडर १२५ ले पायो आईएमओटीवाई उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १३:१२

काठमाडौं । टीभीएस रेडर १२५ ले प्रतिष्ठित भारतीय अवार्ड, इन्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधि पाउन सफल भएको छ ।

टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पार्न सफल भएको कम्पनीले जनाएको छ ।

आईएमओटीवाई उपाधिको छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यीय निर्णायक मण्डलको गठन गरिएको थियो । निर्णायक मण्डलका सदस्यहरुमा अटो टुडेका एसोसिएट एडिटर राहुल घोष, अटो टूडेका सिनियर स्पेशल करेस्पोन्डेन्ट दिप्यन दत्ता, अटोएक्सका रोड टेष्ट एडिटर शिवांक भट्ट लगायत सम्मिलित रहेका थिए ।

इन्डिया टुडे उल्लेखित लेखद्वारा ‘निर्णायक मण्डलीका सदस्यहरुको विशेषज्ञाले पूर्ण प्रमाणिकरण प्रदान गर्ने हुँदा आईएमओटीवाई सवारी साधन उद्योगमै सर्वाधिक प्रतिष्ठित अवार्डका रुपमा स्थापित छ ।

टीभीएस रेडरलाई यस्तो प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरिँदा हामी निकै गौरवान्वित छौँ । यसका श्रेय हामी समग्र टीभीएस मोटर्सको टिम लगायत टीभीएस रेडारलाई मायाँ गर्नुहुने समग्र उपभोक्तालाई दिन चाहान्छौँ’, अवार्ड समारोहमा उपाधि ग्रहण गर्दै

टीभीएस मोटर्सका वरिष्ठ उपाध्यक्ष मार्केटिङ अनिरुढ हल्दारले टीभीएस रेडरले उपभोक्ताहरुको मायाकै कारण यस्तो प्रतिष्ठित अवार्ड हातपार्न सफल भएको बताए ।

यस वर्ष टीभीएस रेडरले भारतीय बजारमा दुई पांग्रे सवारी साधनको श्रेणीमै सर्वाधिक बिक्रीसहित अग्रता हात पार्न सफल भएको कम्पनीले जनाएको छ ।

टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययीता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरुमा स्थिरताका लागि परिचित छ ।

नेपालमा पनि लोकप्रिय

मितव्ययी मूल्यमा अत्याधुनिक फिचर सुसज्जित टीभीएस रेडरले नेपालमा पनि उत्तिकै लोकप्रियता पाइरहेको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सले सन् २०२१ को नोभेम्बरमा सार्वजनिक गरिएको यो बाइक युवाहरु माझ अत्यधिक लोकप्रिय छ र नेपालमा पनि उल्लेखनीय संख्यामा बिक्री भइरहेको छ ।

टीभीएस रेडर १२५मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोसक सस्पेन्सन, यूएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायत विशेषताहरु उपलब्ध रहेका छन् । साथै, यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाइट, एंगुलर एलईडी डीआरएलहरु तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षण प्रदान गरेको छ ।

१ सय २४ दशमलव ८ सीसी, सिंगल सिलिन्डर, एयर आयल कुल्ड एसआई कार्बुरेटर इञ्जिनद्वारा शक्ति प्रदान गरिएको यसले ७ हजार ५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता बोकेको छ । बजारमा उपलब्ध अधिकांश १ सय ५० सीसीका मोटरसाइकलमा हालसम्म पनि २ भल्भ इञ्जिनको प्रयोग भइ रहँदा यो बाइक भने ३ भल्भ इञ्जिनका साथमा बजारमा उपलब्ध गरिएको छ ।

यो मोटरसाइकलले शून्यदेखि ६० किलो मिटर प्रति घण्टाको गति जम्मा ५.९ सेकेण्डमा प्राप्त गर्ने क्षमता बोकेको छ । भारतीय बजारमा आईएमओटीवाई अवार्डबाट सम्मानित यो बाइक नेपाल भर रहेका टीभीएस शोरुमहरु मार्फत सहजै उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?