+
+

पृथ्वीराजमार्गमा सडक विस्तारका क्रममा ३८४ रुख कटान

रासस रासस
२०७८ फागुन २९ गते १३:०३
फाइल तस्वीर

२९ फागुन, काठमाडौं । पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलबारीदेखि बन्दीपुर-१ को स्याउलीसम्म ३८४ रुख कटान गरिएको छ ।

करिब दश किलोमिटर सडक दूरीअन्तर्गत एक हजार पाँच सय रुख कटान गर्नुपर्नेमा पहिलो चरणमा उक्त सङ्ख्याका रुख कटान गरिएको हो ।

छिमेकी जिल्ला पोखराको चाइना पुलदेखि तनहुँको पूर्वीनाका मुग्लिनपुलसम्म करिब ९० किलोमिटर दूरीमा सडक विस्तार गरिने भएको छ ।

उक्त मार्गअन्तर्गत तीन वटा निर्माण कम्पनीले तीन प्याकेजमा सडक विस्तारका कार्य गर्नुपर्ने भए पनि हाल दुई प्याकेजमा मात्रै काम भइरहेको गजुरमुखी निर्माण कम्पनीका इञ्जिनीयर कमल श्रेष्ठले जानकारी दिए ।

जिल्लाको आँबुखैरेनीदेखि म्याग्दे गाउँपालिकाको जामुनेसम्म ४१ किलोमिटर र जामुनेदेखि पोखराको चाइनापुलसम्म ४९ किलोमीटर दूरीमा तीन निर्माण कम्पनीले सडक विस्तारका काम गर्नेछन् ।

हाल ४१ किलोमिटर दूरीभित्र सडक विस्तारका कार्य भइरहेपनि ४९ किमी क्षेत्रमा काम सुरु नभएको उनको भनाइ थियो ।उक्त ४१ किमीमध्ये दश किमी गजुरमुखी निर्माण कम्पनी प्रालिले ठेक्का पाएपछि सडक विस्तारका कार्य गर्दै आएको छ ।

उक्त कम्पनीका अनुसार ३४ किमी ८०० मिटरदेखि २४ किमी ८०० मिटरभित्रको बाँकी रहेको दश किमी सडक विस्तारका लागि उक्त निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको हो ।

दश किमीमध्ये हालसम्म दुई किमी सडकको रुख काटिएको जानकारी दिँदै उनले भने, ‘सडक कालोपत्र बाहेक अन्य कार्य चौध महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । ‘कूल रु ६५ करोडमा ठेक्का सम्झौता गरी पाँच वर्ष योजना सम्पन्न गर्नुपर्ने समयसीमा छ ।’

उक्त क्षेत्रमा अहिले दैनिक ४० देखि ५० जनासम्म जनशक्ति परिचालन गरिएको निर्माण कम्पनीका निर्देशक शान्ता महर्जनले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?