+
+

२ सय ९३ नगरमध्ये ७ उत्कृष्ट घोषित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १५:५१
प्रधानमन्त्रीबाट सम्मानपत्र लिँदै पुतलीबजार नरपालिकाकी मेयर सीमाकुमारी क्षेत्री ।

२९ फागुन, काठमाडौं । नेपाल नगरपालिका संघले पाँच विधामा ७ नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ । २९औं बाषिर्क उत्सवको अवसर पारेर आइतबार संघले उत्कृष्ट नगरपालिकाहरु घोषणा गरेको हो ।

देशभरि रहेका २ सय ९३ नगरहरुमध्ये मूल्यांकन र्फम भरेका १ सय ५० नगरबाट ७ उत्कृष्ट छानिएको हो । संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन् ।

यस्तै शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निलकण्ठ नगरपालिका तथा वन वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट बनेको छ ।

यस्तै स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका र सामाजिक विकासतर्फ रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट बनेका छन् ।

गत वर्षसम्म ५ विधामा ५ वटा नगर सम्मानित हुँदै आएता पनि यो वर्ष संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजारको र सामाजिक विकासतर्फ तिलोत्तमा र राप्ती नगरपालिका राप्तीको बराबर नम्बर आएकोले थप दुई नगर सम्मान भएका हुन् ।

उत्कृष्ट नगरपालिका छनौट गर्नको लागि नेपाल नगरपालिका संघले नेपाल सरकारका पूर्व प्रमुख सचिव डा. सोमलाल सुवेदीको संयोजकत्वमा १० सदस्ययी समिति गठन भएको थियो । समितिमा विभिन्न विधागत मन्त्रालयका प्रतिनिधिसहित विज्ञहरुको टोली र संघका कार्यकारी निर्देशक सदस्य सचिव थिए ।

समितिले सबै महानगरपालिका, उपमहानगर र नगपालिकामा सफ्टवेयर मार्फत प्रश्नावली पठाएर फार्म मागेका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार उक्त सफ्टवेयरमार्फत आउने प्रश्नको उत्तर प्रमाणसहित पठाउनेपर्ने व्यवस्थाबाट उत्कृष्टा नगर छनोट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?