
२९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न सैद्धान्तिक सहमति दिएको छ । नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।
एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंक चुक्ता पुाजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुनेे देखिन्छ । हाल नबिल बैंकको चुक्ता पुाजीकरिब १८ अर्ब ५० करोड र एनबीबैंकको करिब १० अर्ब ९ करोड रहेको छ । यस एक्विजिसन पश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पुाजी करिब २३ अर्बको हुनेछ ।
पौष मसान्तसम्ममा नबिल बैंकसाग २९ अर्ब भन्दा बढी र एनबी बैंकसाग १४ अर्ब भन्दा बढीप्राथमिक पुाजी रहेकोमा एक्विजिसन पश्चात् बैंकको प्राथमिक पुाजी ४४ अर्ब भन्दा बढी हुन आउनेछ ।
यसले राष्ट्रिय गौरव तथा निर्माणका क्रममा रहेका ठूला आयोजनाहरुमा नबिल बैंकको प्रमुख वित्तीय लगानी रहादै आएकोमाथप व्यवसाय विस्तार गर्न मद्दत पुग्ने देखिन्छ । यसैगरी छ महिनाको अवधिमानबिल बैंकको खुद मुनाफा २ अर्ब १८ करोड भन्दा बढी तथा एनबी बैंकको ८१ करोड भन्दा बढी रहेकोमा एक्विजिसन पश्चात् बैंकको खुद मुनाफा २ अर्ब ९९ करोड भन्दा बढी कायम हुनेछ ।
यस एक्विजिसन पश्चात्नबिल बैंकको कुल कर्जा करिब ३ खर्ब १ अर्ब र कुल निक्षेप करिब ३ खर्ब १८ अर्ब कायम हुनेछ । यसका साथै, एनबी बैंकसाग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ र एटीएम संख्या २९२ पुग्नेछ ।
कुन सूचकमा कति बलियो ?
शीर्षक | नबिल बैंक | नेपाल बंग्लादेश बैंक | मर्जरपछि |
कर्जा-सापटी | २ खर्ब १५ अर्ब २० करोड ६२ लाख | ७४ अर्ब ९० करोड ८२ लाख | २ खर्ब ९० अर्ब ११ करोड ४४ लाख |
निक्षेप दायित्व | २ अर्ब ३२ अर्ब ५५ लाख ६७ हजार | ८० अर्ब ७१ करोड १० लाख | ३ खर्ब १३ अर्ब २६ करोड ५७ लाख |
शाखा संख्या | १३५ | १ सय | २३५ |
ए.टी.एम् संख्या | १८७ | १०५ | २९२ |
कर्मचारी संख्या | १ हजार ३ सय २८ | ९६८ | २२९६ |
मुद्दती निक्षेप खाता संख्या | ३३ हजार ९४ | १३ हजार ४४३ | ४६ हजार ५३७ |
चल्ती निक्षेप खाता संख्या | ९३ हजार ८८ | ६८ हजार ९१ | १ लाख ६१ हजार १७९ |
बचत निक्षेप खाता संख्या | ९ लाख ४८ हजार ४६६ | ४ लाख १९ हजार ६४२ | १३ लाख ६८ हजार १०८ |
कल निक्षेप खाता संख्या | ४ हजार ५१२ | १ हजार ५०९ | ६ हजार २१ |
मार्जिन निक्षेप खाता संख्या | ८ हजार ७४६ | २ हजार ४९ | १० हजार ७९५ |
अन्य निक्षेप खाता संख्या | ६३५ | ५ | ६४० |
कुल | १० लाख ८८ हजार ५८१ | ५ लाख ४ हजार ७३९ | १५ लाख ९३ हजार २८० |
प्रतिक्रिया 4