+
+

क्षेप्यास्त्र हमलामा १८० जना भाडाका विदेशी सैनिक मारिएको रुसको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १२:१२

३० फागुन, काठमाडौं । रुसले पश्चिमी युक्रेनस्थित एक सैन्य अखडामाथि क्षेप्यास्त्र हमला गरी ठूलो संख्यामा भाडाका विदेशी सैनिक मारेको दाबी गरेको छ ।

मिडिया रिपोर्टअनुसार रुसले आइतबार पश्चिमी युक्रेनको याभोरिभ शहरमा अवस्थित सैन्य तालिम केन्द्रमा क्षेप्यास्त्र हमला गरी १८० जना भाडाका विदेशी सैनिक मारेको दाबी गरेको छ ।

‘रुसले पश्चिमी युक्रेनस्थित याभोरिन सैन्य तालिम केन्द्रमा भएको क्षेप्यास्त्र हमलामा १८० जना भाडाका विदेशी सैनिक मारेको दाबी गरेको छ’ द किएभ इन्डेपेन्डेन्टले ट्विटरमा लेखेको छ, ‘युक्रेनमा भाडाका विदेशी सैनिकको रुपमा रहेका विदेशीहरूलाई मारिरहने समेत रुसी सरकारले भनेको छ ।’

तर युक्रेनी अधिकारीले रुसी दाबीलाई ‘विशुद्ध प्रोपागाण्डा’ भन्दै अस्वीकार गरेका छन् । ‘यो सत्य होइन, विशुद्ध रुसी प्रोपागाण्डा हो,’ युक्रेनी रक्षामन्त्रालयका प्रवक्ता मार्कियन लुबकिभ्स्कीले भने । याभोरिभको सैन्य अखडामा मारिएका कुनै पनि व्यक्तिलाई विदेशी पुष्टि गर्न नसकिने पनि उनको भनाइ थियो ।

आइतबार रुसका लडाकु विमानले याभोरिभस्थति सैन्य तालिम केन्द्रमा ३० भन्दा क्षेप्यास्त्र प्रहार गरेका थिए । पोल्याण्डको सीमा नजिकै गरिएको उक्त क्षेप्यास्त्र प्रहारमा परी ३५ जनाको मृत्यु भएको र १३४ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?