+
+

क्रिटिक्स च्वाइस र बाफ्टा अवार्डमा ‘पावर अफ दी डग’को दबदबा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १२:१९

३० फागुन, काठमाडौं । यस वर्षको क्रिटिक्स च्वाइस र बाफ्टा अवार्डमा बेनेडिक्ट कम्बरब्याच स्टारर ‘द पावर अफ दी डग’को दबदबा देखिएको छ । हलिउडका यी दुवै प्रतिष्ठित अवार्डमा उक्त फिल्मले सर्वोत्कृष्ट फिल्मको उपाधि जितेको छ ।

आगामी ओस्कार अवार्डमा समेत यो नेटफ्लिक्स फिल्मलाई उपाधिको दाबेदारको रुपमा हेरिएको छ ।

क्रिटिक्स च्वाइस अवार्ड

२७ औं क्रिटिक्स च्वाइस अवार्डमा ‘द पावर अफ दी डग’सहित टेड लासोले समान चार–चार अवार्ड जिते । ‘सक्सेसन’ले तीन अवार्ड जितेको छ ।

जेन क्याम्पियन निर्देशित फिल्म ‘द पावर अफ दी डग’ले निर्देशन, एडप्टेड स्क्रिनप्ले, छायांकनसहित उत्कृष्ट फिल्मको उपाधि जित्यो । अभिनेतातर्फ ‘किङ रिचर्ड’बाट विल स्मिथले अवार्ड उचाले ।

‘द आइज अफ टेमी फे’बाट जेसिका चेस्टनले उत्कृष्ट अभिनेत्रीको ट्रफी उचालिन् । एडप्टेड पटकथाको उपाधि चाहिं ‘द पावर अफ दी डग’ले जित्दा बेलफास्टले मौलिका पटकथाको अवार्ड जित्यो ।

बेस्ट प्रोडक्सन डिजाइन ‘ड्युन’ले जित्यो । उत्कृष्ट विदेशीभाषी फिल्म चाहिं जापानको ‘ड्राइभ माइ कार’ले जित्यो । टेलिभिजनतर्फ एचबीओ च्यानलको ‘सक्सेसन’ले उत्कृष्ट सिरिजको उपाधि जित्यो ।

बाफ्टा अवार्ड

‘ड्युन’ले बाफ्टा अवार्डमा सर्वाधिक पाँच विधामा अवार्ड जित्यो । जेन क्याम्पियन निर्देशित ‘द पावर अफ दी डग’ले उत्कृष्ट फिल्म र निर्देशक विधामा जित दर्ता गर्‍यो ।

आउटस्ट्यान्डिङ ब्रिटिश फिल्मको ट्रफी ‘बेलफास्ट’ले उचाल्यो । गैरअंग्रेजीभाषी विधामा जापानको ‘ड्राइभ माइ कार’ सर्वोत्कृष्ट घोषित भयो । लिकोराइस पिज्जाले पटकथा, ‘कोडा’ले एडप्टेड पटकथा विधामा अवार्ड हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?