+
+

सुमार्गी मुख्यमन्त्री पाण्डेको अवैतनिक सल्लाहकार

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १३:२७

३० फागुन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको अवैतनिक विज्ञ सल्लाहकारमा व्यापारी अरुणराज सुमार्गी नियुक्त भएका छन् ।

उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति समेत रहेका सुमार्गीलाई मुख्यमन्त्री पाण्डेको अवैतनिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रदेश सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार सुमार्गीलाई बागमती प्रदेश सरकारबाट गरिने विभिन्न कार्य सम्पादनको सिलसिलामा व्यवस्थापनको क्षेत्रमा आवश्यक पर्ने सरसल्लाह र सुझाव प्राप्त गर्ने उदेश्यका साथ विज्ञ सल्लाहकारमा नियुक्ती गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?