+
+

कोरिया पठाउँछु भन्दै ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १७:४१

३० फागुन, काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दक्षिण कोरियाका एक वृद्ध काठमाडौंबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दक्षिण कोरिया घर भई काठमाडौं महानगरपालिका-७ लाहुरे टोल बस्ने ७३ वर्षीय राइ सि जुङ छन् । उनले आफू ओके कन्सल्टेन्सीको सञ्चालक हुँ भन्दै पीडितबाट पैसा ठगी गरेको प्रहरीले जनाएको छ ।

वेल्डिङसम्बन्धी तालिम दिलाएर कोरिया पठाइदिन्छु भन्दै पीडितबाट रकम लिएको तर, कोरिया नपठाएको जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्याकुमार महतोले जानकारी दिए ।

पक्राउ गरिएका उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशला पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?