+
+

अनलाइनबाट साढे २९ लाख ठगी गरेको आरोपमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १८:१५

३० फागुन, काठमाडौं । विदेशी नागरिकको नामबाट वाट्सएपमा चिठ्ठा परेको भन्दै एसएमएस गरेर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मण्दनदेउपुर नगरपालिका-४ काभ्रेपलान्चोकका ३८ वर्षीय गान्दिप गौतम छन् । उनले तपाईंलाई ९० लाखको चिठ्ठा पर्‍यो भन्दै पीडितलाई ठगेको प्रहरीले जनाएको छ ।

गौतमले चिठ्ठामा परेको रकम निकाल्न कर तिर्नुपर्छ भन्दै पीडितहरूबाट २९ लाख ४० हजार रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

सुरुमा एसएमएस गर्ने र पछि वाट्सएपमै कल गरेर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?