+

एनओसी अवार्ड जुन २३ मा प्रदान गरिने

२०७८ फागुन  ३० गते २०:५४ २०७८ फागुन ३० गते २०:५४
एनओसी अवार्ड जुन २३ मा प्रदान गरिने

३० फागुन, काठमाडौं । नेपाल ओलम्पिक कमिटीले एनओसी अवार्ड दिने घोषणा गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षमा बसेको बैठकले यसका लागि स्वतन्त्र अवार्ड निर्णय कमिटी गठन गरिएको छ ।

बैठकमा उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य र महासचिव निलेन्द्रराज श्रेष्ठको उपस्थिति थियो । कमिटीले पहिलो पल्ट प्रदान गर्न लागेको अवार्ड कार्यक्रम ओलम्पिक डेको अवसरमा जुन २३ मा हुनेछ ।

अवार्ड कमिटीका समन्वयकर्तामा गोपालसुन्दरलाल कक्षपति रहने छन् । त्यस अवसरमा अवार्ड निर्णय कमिटीको पहिलो बैठक बसेको थियो । त्यसका सदस्यमा विनयराज पाण्डे, पद्मकृष्ण श्रेष्ठ, गोपाल चित्रकार, गोपाल वस्नेत, महेन्द्र विष्ट, देवेन्द्र सुवेदी, किरण वज्राचार्य, गीता शाह, रिता विष्ट, दीपक विष्ट र अश्रत्य कार्की चौधरी रहेका छन् ।

यसमा कमिटीको कोही पनि पदाधिकारी र कर्मचारी रहेका छैनन् । कमिटीमा पूर्व खेलाडी र प्रशिक्षक, पत्रकार समावेश गरिएको छ । यस अगाडि कमिटीको १२ औं साधारण सभाका अवसरमा एनओसी अवार्ड दिने निर्णय भएको थियो । कमिटीले नौ फरक विधामा अवार्ड दिनेछ ।

खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय