
३० फागुन, काठमाडौं । नेकपा एमालेले स्थानीय निर्वाचनको कार्ययोजना बनाउन केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ ।
सोमबार बसेको पार्टी केन्द्रीय कार्यालय बैठकमा केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल भएको हो ।
केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न भोलि मंगलबार अपरान्ह ३ बजे पार्टी केन्द्रिय सचिवालयको बैठक बोलाइएको पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनकाअनुसार पोलिटव्यूरो बैठक पनि छिट्टै बोलाउने विषयमा पनि केन्द्रिय कार्यालय बैठकमा छलफल गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4