+
+

‘चिसो एस्ट्रे’को विशेष प्रदर्शन, सकारात्मक प्रतिक्रियाले निर्माण पक्ष उत्साहित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते ११:३६

१ चैत, काठमाडौं । फिल्म ‘चिसो एस्ट्रे’लाई कुमारी हलमा सोमबार बेलुका विशेष प्रदर्शन गरिएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)द्वारा आयोजित विशेष प्रदर्शनमा फिल्मका कलाकार र शैक्षिक परामर्श व्यवसायी सहभागी थिए ।

च्यारिटी शोसमेत गरिएको ‘चिसो एस्ट्रे’को विशेष प्रदर्शनबाट संकलित रकम कोरोना महामारी प्रभावित व्यक्ति र परिवारलाई प्रदान गरिने भएको छ ।

फिल्मका कलाकारहरु सृष्टि श्रेष्ठ, दिव्यदेव, निकुन श्रेष्ठ, नवीन लम्साललगायत कार्यक्रममा उपस्थित थिए । निर्देशक दिन्स पाल्पालीले प्राप्त प्रतिक्रियाले आफू उत्साहित भएको बताए । ‘राम्रो प्रतिक्रिया मिलेको छ,’ उनले भने, ‘अब हलमा रिलिज भएपछि दर्शकहरुले दिने फिडब्याकको प्रतीक्षामा छौं ।’

अभिनेत्री सृष्टिले पनि आफूले पनि फिल्ममा ‘इन्जोय’ गरेको बताइन् । ‘मैले पनि हलमा पहिलोपटक हेरेकी हुँ । हेरेपछि राम्रो फिडब्याक मिलेको छ,’ सृष्टिले अनलाइनखबरलाई भनिन् । अभिनेता दिव्यदेवले सबैखाले दर्शकले फिल्म रुचाउने विश्वास व्यक्त गरे । ‘गज्जबको रिभ्यु पाएँ, सबैखाले दर्शकले रुचाउन सक्नुहुन्छ,’ उनले भने ।

इक्यानका पूर्वउपाध्यक्ष समेत रहेका निर्माता महेशबाबु तिमिल्सिनाले विदेशमा रहेका नेपालीलाई पनि फिल्म मनपर्ने बताए । यसैसाता फिल्मको अष्ट्रेलिया राइट २७ लाख रुपैयाँमा बिक्री भएको पनि उनले जानकारी दिए ।

आगामी शुक्रबार रिलिजको तयारीमा रहेको फिल्म भूपि शेरचनको चर्चित कविता ‘चिसो एस्ट्रे’बाट प्रभावित छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?