+
+

पुष्प र श्रद्धाको ‘कृष्णलीला’ कृष्ण जन्माष्टमीमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १६:२७

१ चैत, काठमाडौं । पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनित लभस्टोरी फिल्म ‘कृष्णलीला’ आगामी कृष्ण जन्माष्टमीमा रिलिज हुने भएको छ । निर्माण कम्पनी आरआर फिल्मसले भदौ ३ गतेलाई प्रदर्शन मिति तय गरेको हो ।

‘रोल्पा रोग’, ‘कुम्भकर्ण’ र ‘पण्डित बाजेको लौरी’ फेम्ड दीपक वली निर्देशित फिल्म युवापुस्ताका दुई पात्रको प्रेमकथामा आधारित छ । पुष्पले कृष्ण र श्रद्धाले लीलाको भूमिकामा चरित्र चित्रण गरेका छन् ।

पूर्वी नेपालको इलाम र झापामा छायांकन गरिएको फिल्ममा सस्पेन्स र एक्सन पनि समेटिएको छ । फिल्म लेखक लक्ष्मण सुवेदीले युवापुस्ताको प्रेमलाई फिल्ममा चित्रण गरिएको बताए ।

फिल्ममा बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी र हिउँवाला गौतमको पनि अभिनय छ । रोहित कट्टेल र रत्न श्रेष्ठको निर्माण रहेको फिल्मको यसअघि कोरोना महामारीका कारण प्रदर्शन रोकिएको थियो ।

भदौ ३ गते नै बेनिशा हमाल र तेज गिरी अभिनित फिल्म ‘प्रेमगञ्ज’ पनि रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?