+
+

एमसीसी सम्झौताबारे कांग्रेसले बनायो पुस्तिका

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १८:४४

१ चैत, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) का विषयमा जानकारी दिने उद्देश्यले नेपाली कांग्रेसले पुस्तिका तयार गरी पार्टीको तल्लो तहमा पठाएको छ ।

‘एमसीसी अनुदान सहायता सम्झौता : भ्रम र यथार्थ’ शीर्षकमा तयार पारेको ५० पृष्ठको पुस्तिका तयार गरेर देशभर पठाइएको कांग्रेस केन्दीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । ‘३५ जिल्लामा पुस्तिका पुगिसकेको छ । बाँकी जिल्लामा बुधबार पठाउँछौं’ उनले भने ।

पुस्तिकामा एमसीसी सम्झौताको ‘भ्रम’ र ‘यथार्थ’ शीर्षकमा ३० बुँदा उल्लेख गरिएको छ ।

कांग्रेसले एमसीसी सम्झौता स्वीकार गरे पनि अमेरिकी सेना नआउने, एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, एमसीसी अमेरिकाले जबर्जस्ती नदिएको आदि उल्लेख गरिएको छ ।

नेपालको विकासका लागि आर्थिक सहयोग आवश्यक रहेकाले अनुदान पहिलो प्राथमिकतामा राख्नुपर्ने कांग्रेसले पुस्तिकामा उल्लेख गरेको छ ।

१० वर्ष अघिदेखिका सरकार एमसीसी सम्झौताको प्रक्रियामा संलग्न रहेको पनि पुस्तिकामा उल्लेख गरिएको छ । भ्रम निवारणका लागि कांग्रेसले तयार गरेको पुस्तिका :

हेर्नुहोस् पुस्तिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?