
२ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनमा भएको युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्र पूरै परिवर्तन हुन सक्ने बताएको छ ।
रुस र युक्रेनबीचको युद्धका कारण आर्थिक वृद्धि सुस्त हुने एवं महँगी बढ्ने भएकाले विश्वको सारा अर्थतन्त्र प्रभावित हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बताएको हो । युद्धका कारण आर्थिक वृद्धि हुने र महँगी बढ्ने भएकाले विश्वव्यापी आर्थिक व्यवस्था पूरै परिवर्तन हुन सक्ने पनि आईएमएफको अनुमान रहेको छ ।
आइएमएफका अनुसार युक्रेन युद्धका कारण खाद्यान्न एवं इन्धनको मूल्य बढिरहेको, मुद्रास्फीति भएको र क्रय शक्ति कमजोर बनेको छ । त्यस्तै, युक्रेनका छिमेकी मुलुकमा व्यापार, आपूर्ति चक्र र विप्रेषण प्रभावित भएको पनि कोषले बताएको छ ।
युद्धले व्यवसायी एवं लगानीकर्ताको आत्म बल हराउँदै गएको, वित्तीय अवस्था कठिन हुँदै गएको र उदाउँदा अर्थतन्त्रबाट पुँजी पलायन हुन थालेको पनि आएएमएको भनाइ छ ।
प्रतिक्रिया 4