+
+

‘२ नम्बरी’मा सौगातको प्रवेश, फिल्म तिहारमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १२:१८

२ चैत, काठमाडौं । फिल्म ‘२ नम्बरी’मा पल शाहको स्थानमा अर्का अभिनेता सौगात मल्लको प्रवेश भएको छ । साथै, आगामी कात्तिक ४ गते तिहारको छेकोमा फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ ।

प्रस्तुतकर्ता किरण नेपालीले चैत १५ गतेदेखि फिल्म छायांकन सुरु हुने बताए । कलाकार, पटकथा र निर्माताको लाइनअपमा हेरेफेर गरिएपछि फिल्मको पुनः छायांकन गर्न लागिएको हो ।

दुई वर्षअघि छायांकन सुरु गर्दा फिल्ममा पल शाहको मुख्य भूमिका थियो । तर कोरोना महामारीले छायांकन बीचमै रोक्नुपर्‍यो ।

पल यतिबेला प्रहरी हिरासतमा रहेकाले निर्माण टिमले उनको ठाउँमा अभिनेता सौगातलाई अनुबन्धित गरेको हो । सौगात आबद्ध भएसँगै फिल्मका मुख्य कलाकारको लाइनअप पूरा भएको छ । फिल्मका निर्देशक दीपेन्द्र लामा हुन् ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, वर्षा राउत, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रले मित्रताको कथा प्रस्तुत गर्नेछ । फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानी छ । कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?