
२ चैत, पाल्पा। पाल्पाको पूर्वखोला गाउँपालिकाले पालिकाभित्र सञ्चालित संस्थागत विद्यालयलाई सामुदायिक विद्यालयमा गाभिएका छन् ।
प्रावि स्तरको पाँचवटा विद्यालयहरु शैक्षिक सत्र २०७६ देखि नै सामुदायिक विद्यालयमा गाभिएको पालिकाका शिक्षा अधिकृत डिल्लीराम ढुंगानाले बताए ।
सबै बालबालिकालाई समान शिक्षा दिने र सामुदायिक विद्यालयलाई नै गुणस्तरीय बनाउनको लागि भागिएको पालिका शिक्षा अधिकृत ढुंगानाले बताए । उनले भने ‘सबै बालबालिकालाई समान गुणस्तरको शिक्षा दिने र सामुदायिक विद्यालयलाई नै गुणस्तरीय बनाउनको लागि यसो गरेका हौं ।’
संस्थागत विद्यालयहरु सबै पाँच कक्षाभन्दा मुनिकाहरु रहेको र पाँच कक्षासम्म सामुदायिक विद्यालयम अंग्रेजी माध्याम बनाउनको लागि शिक्षक तथा कर्मचारीलाई पनि व्यवस्थापन गर्ने प्रयास भइरहेको उनले बताए ।
विद्यालयहरुमा अहिले पाँच कक्षाभन्दा मुनिका कक्षाहरुमा अहिले अंग्रेजी माध्यामबाट कक्षा लिने गरिएको छ । पालिका प्रमुख ढुंगानाले भने, ‘बढ्दो शहरीकरणसँगै अभिभावकलाई अंग्रेजी मोह बढेको छ । अंग्रेजी जान्नु नै राम्रो पढाई हो भन्ने भ्रम छ । त्यसैको लागि नि अंग्रेजी माध्यामबाट कक्षा सञ्चालन गर्न परेको छ ।’
६ वटा वडा रहेको गाउँपालिकामा ७ वटा माध्यामिक विद्यालय रहेको छ । प्रत्येक वडामा एक एक वटा र वडा नम्बर २ मा दुई वटा गरी सात वटा माध्यामिक विद्यालय रहेको छ । बाँकी ३१ वटा आधारभूत विद्यालयहरु रहेका छन् । अहिले ३८ वटा विद्यालय छन् । त्यसमध्ये शिक्षण संस्थामा अहिले चार हजार ९ सय विद्यार्थी अध्ययनरत छन् ।
प्रतिक्रिया 4