+
+

एमालेसँग तालमेलको ढोका बन्द गरेका छैनौं : पुन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १९:०६

२ चैत, कपिलवस्तु । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा एमालेसँगको चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन् ।

बुधबार पार्टीको लुम्बिनी प्रदेश समिति बैठकलाई सम्बोधन गर्दै पुनले एमालेसँगको सहकार्यको ढोका बन्द नगरेको बताएका हुन् ।

तर संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा वर्तमान सत्ता गठबन्धन आवद्ध कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादीसँग तालमेलमा जोड दिने उनको भनाइ छ ।

‘सत्ता गठबन्धनका दलहरु बीचमै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहन्छ’, पुनले भने, ‘एमालेसँग पनि ढोका बन्द छैन ।’ यद्यपि उनले माओवादी एक्लै निर्वाचन लड्न सक्षम रहेको समेत दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?