+
+

सप्तरीमा होली गायन प्रतियोगिता आयोजना

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते ११:५५

२ चैत, सप्तरी । सप्तरीमा मिथिला क्षेत्रमा होली पर्वको अवसर पारेर गाइने गीत सम्बन्धी प्रतियोगिता आयोजना गरिएको छ ।

हराउँदै गएको होली पर्व सम्बन्धी गीतलाई जीवन्त राख्ने उद्देश्यले राजविराजमा होली गायन प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा बिभिन्न चार वटा समूहले होली गीत गाएका थिए । जसमा झल्ही होली समूह प्रथम, महादेवा समूह द्वितीय र खर्साल समूह तृतीय भए ।

विजयी टिमलाई प्रमाण पत्र र ट्रफी प्रदान गरियो । राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, उपप्रमुख साधना झा लगायतले प्रमाण पत्र वितरण गरे ।

मिडिया टेक्नोलोजी प्रालिले आयोजना गरेको होली गायन प्रतियोगितामा समाजमा उत्कृष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।

कलासंस्कृती तर्फ निराजन मेहता, नाट्य कलातर्फ छेदी यादव, महिला सशक्तिकरणतर्फ अनिता देवकोटा, पत्रकारिता क्षेत्रबाट व्याशसंकर उपाध्याय, समाज सेवातर्फ ई. सूर्यनारायण यादव, खेलकुदतर्फ पुन्तीलाल यादव, बैकिङ सेवातर्फ ग्लोबल आइएमई बैंकका शाखा प्रबन्धक मनिष महासेठ सम्मानित भएका छन् ।

यसैगरी व्यवसायीतर्फ फिरोज आलम, कानुनी सेवातर्फ प्रतिमा देव, शिक्षातर्फ मन्जु श्रेष्ठ, युवा अभियन्तातर्फ विष्णु यादव, अधिकारकर्मीतर्फ सुनिता साह र ज्येष्ठ नागरिकतर्फ शंकर शारदालाई पनि सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?