+
+

चार महिनापछि कक्षामा फर्किए नोबेलका विद्यार्थी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १३:२९

३ चैत, विराटनगर । चार महिनादेखि आन्दोलनमा रहेका नोबेल मेडिकल कलेज विराटनगरका १० विद्यार्थी पढाइमा फर्किएका छन् । कलेज प्रशासनसँग सहमति भएपछि बिहीबार उनीहरु आन्दोलन स्थगित गरेर कलेजमा फर्किएका हुन् ।

उनीहरुको धेरै पढाइ छुटेकाले छुट्टै कक्षा सञ्चालन गर्ने सहमति भएको नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालले बताए ।

नोबेल मेडिकल कलेज प्रशासनले अतिरिक्त शुल्क माग गरेको विरोधमा ८१ जना विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । तर आंशिक माग सम्बोधन भएपछि ७१ जना विद्यार्थी पढाइमा फर्किएका थिए । तर १० जना भने आफूहरुलाई सुरक्षा खतरा रहेको भन्दै नोबेलबाट स्थानान्तरण माग गर्दै आन्दोलनमा थिए ।

बुधबार काठमाडौंमा भएको छलफलपछि विद्यार्थीहरु कक्षा फर्कन सहमत भएको कलेज प्रशासनले बताएको छ । सहमति पत्रमा कलेजका प्राचार्य प्रा. डा. रामहरि घिमिरे र सल्लाहकार डा. केपी शर्मा र विद्यार्थीको तर्फबाट आन्दोलनरत १० जना विद्यार्थीले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार १० जना विद्यार्थीहरुको पहिलो सेमेष्टरमा छुट भएको ४ महिनाको पढाइ पूर्ति गर्न ७ चैतदेखि दुई महिनासम्म कलेजले छुट्टै कक्षा सञ्चालन गर्नेछ ।

कलेज प्रशासन र विद्यार्थीबीच भएको सहमति हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?