३ चैत, काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको प्रतितोला मूल्य ९९ हजार ८०० रुपैयाँ पुगेको छ । बुधबार छापावाला सुनको प्रतितोला मूल्य ९९ हजार ३०० रुपैयाँ थियो ।
बिहीबार तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार ३०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदीको प्रतितोला मूल्य पनि २० रुपैयाँले बढेर १३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको प्रतितोला मूल्य १३७० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4