+
+

रोनाल्डो १६ वर्षपछि ट्रफीविहीन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १४:००

३ चैत, काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो १६ वर्षपछि पहिलो पटक उपाधिविहीन भएका छन् ।  रोनाल्डो सम्मिलित म्यानचेष्टर युनाइटेड स्पानिस क्लब एट्लेटिको मड्रिडसँग पराजित हुँदै च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएपछि रोनाल्डो उपाधिविहीन भएका हुन् ।

यसअघि रियल मड्रिड र युभेन्ट्समा रहँदा हरेक सिजन कम्तीमा एउटा उपाधि जितेका रोनाल्डोले म्यानचेष्टर युनाइटेडमै हुँदा पनि केही उपाधि जितेका थिए ।

तर यस पटक म्यानचेस्टर युनाइटेड लिग कपको तेस्रो चरणबाटै बाहिरियो भने एफए कपमा पनि चौथो चरणबाट अघि बढ्न सकेन ।

यस्तै युरोपियन च्याम्पियन्स लिगबाट समेत म्यानयू बाहिरिसकेको छ । प्रिमियर लिगमा टोटनहम हट्सपरविरुद्ध ह्याट्रिक गरेका रोनाल्डो आफैंले पनि एट्लेटिको मड्रिडविरुद्धको खेलमा भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

यसको अर्थ रोनाल्डो २००४/०५ को सिजनपछि पहिलो पटक ट्रफीविहीन भएर सिजनको अन्त्य गर्दैछन् । सन् २००४/०५ मा म्यानचेस्टर युनाइटेडमै हुँदा पनि उनले ट्रफी जितेका थिएनन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?