+
+

नेपाली ह्वीलचेयर क्रिकेट टोलीले बंगलादेशमा खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १५:२७

३ चैत, काठमाडौं । नेपाली पुरुष ह्वीलचेयर क्रिकेट टोलीले बंगलादेशमा हुने बंगबन्धु फोर नेसन्स फिजिकल्ली च्यालेन्ज टी-२० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।

बंगलादेशको कक्स बजारमा यही चैत १३-१७ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहने नेपाल ह्वीलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जनाएका छन् ।

आरपी खरेलको कप्तानीमा खेलाडी टोली १४ सदस्यीय हुने छ ।

खेलाडी, अफिसियल र प्रशिक्षकसहित जम्मा १७ सदस्यीय नेपाली टोली चैत ११ गते बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ ।

खेलाडीले डिएभी स्कुल र सेन्ट जेभियर्स स्कुलमा प्रशिक्षण गरिरहेको संघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?