
३ चैत, काठमाडौं । बिहीबार फागुपूर्णिमा अर्थात् होली पर्व देशका पहाडी भेगमा धुमधामका साथ मनाइएको छ । काठमाडौं उपत्यकाभित्र होलीको लागि विशेष मानिने भक्तपुरमा पनि धुमधामका साथ यो पर्व मनाइएको छ । नगरका विभिन्न ठाउँमा शास्त्रीय बाजागाजासहित यो पर्व मनाइएको छ ।
बिहीबार भक्तपुरको भीमसेनस्थानमा पनि परम्परागत पोशाकमा सजिएका स्थानीयले धुमधामका साथ होली मनाएका छन् । धिमे बाजा र बाँसुरीको तालमा उनीहरुले होली मनाएका हुन् । परम्परागत हाकुपटासीमा सजिएर आएका उनीहरुले बाजाको तालमा भजन गाउँदै होली मनाएका हुन् ।
भक्तपुरको दत्तात्रेय अघि होलीको समयमा प्रकृति र पुरुषको समागमको प्रतीक स्वरुप लिंग र कागजको योनी बनाएर प्रदर्शन गर्ने चलन छ । लिंग ठड्याएपछि उपत्यकामा होली सुरु हुन्छ भन्ने मान्यता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4