+
+
फ्राइडे रिलिज :

हलमा चार फिल्म : ‘चिसाे एस्ट्रे’देखि ‘कश्मीर फाइल्स’सम्म

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते ११:२०

४ चैत, काठमाडौं । नेपालका सिनेमा हलमा शुक्रबारदेखि चार नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘चिसो एस्ट्रे’, बलिउडको ‘कश्मीर फाइल्स’ र ‘बच्चन पाण्डे’, जापानी फिल्म ‘द सोर्ड आर्ट अनलाइन’ रिलिज भएका हुन् ।

दर्शकलाई अलग स्वाद र भिन्न जनरामा फिल्म हेर्ने विकल्प बक्स अफिसमा उपलब्ध छ । एनिमेटेडदेखि एक्सन, साहित्यिक ड्रामादेखि राजनीतिक कथावस्तुमा आधारित फिल्म प्रदर्शनमा आएका छन् ।

भूपि शेरचनको चर्चित कविता ‘चिसो एस्ट्रे’बाट प्रभावित सोही नामको फिल्मलाई लिएर निकै पर्खाइ छ । दिन्स पाल्पाली निर्देशित यो फिल्ममा दिव्यदेव, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ र सुशीलराज पाण्डेको मुख्य भूमिका छ ।

ठूलो सपना लिएर काठमाडौं सहरमा छिरेको मदन नामक पात्रले संगत र समयअनुसार कस्ता परिस्थितिको सामना गर्नुपर्छ भन्ने चित्रण ‘चिसो एस्ट्रे’ले गरेको छ । फिल्मले प्रिमियरबाट राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ । मौलिक कथावस्तु खोज्ने दर्शकलाई फिल्म रुचिकर हुनसक्छ ।

विवेक अग्निहोत्री निर्देशित बलिउड फिल्म ‘कश्मीर फाइल्स’ले सन् १९९० मा मुस्लिम पृथकतावादीले कश्मीर राज्यका हिन्दूहरुलाई कसरी आफ्नो थातथलोबाट लखेटे र नरसंहार मच्चाए भने चित्रण गर्छ ।

अनुपम खेर, पल्लवी जोशी र मिथुन चक्रवर्तीको मुख्य भूमिका रहेको फिल्मले भारतीय बक्स अफिसमा उछाल कमाइ गरिरहेको छ । समीक्षा र कमाइको हिसाबले पनि फिल्म दर्शकको पर्खाइको सूचीमा छ ।

साजिद नाडियावालाको फिल्म ‘बच्चन पाण्डे’मा अक्षय कुमार, कृति सेनन, ज्याकलिन फर्नान्डेज र अरसद वारसीको मुख्य भूमिका छ । यो कमेडी एक्सन फिल्म सन् २०१४ को तामिल फिल्म ‘जिगरठन्डा’को रिमेक हो ।

जापानी एनिमेटेड फिल्म ‘सोड आर्ट अनलाइन’लाई एनिमेसन फिल्मका दर्शकले रुचाउने अनुमान गरिएको छ । खासगरी किशोर पुस्ताका दर्शकलाई यो फिल्म प्रिय लाग्न सक्छ । एप्पल इन्टरटेनमेन्टले रिलिज गरेको यो फिल्म नेपालमा व्यावसायिक रिलिज हुने दोस्रो जापानी फिल्म समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?