
४ चैत, काठमाडौं । भारतीय बक्स अफिसमा यतिबेला ‘कश्मीर फाइल्स’ले आँधी नै ल्याएको छ भन्दा फरक नपर्ला । कम लगानीको र आशा नराखिएको फिल्मले बक्स अफिसमा ऐतिहासिक कमाइ गरेको छ ।
बिहान ६ बजेदेखि मध्यरातसम्मका शो हाउसफुल भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्मले शुक्रबारसम्म १०० करोड भारुको आँकडा सजिलै पार गर्ने बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् ।
उनका अनुसार फिल्मले सात दिनमा ९७.३० करोड भारु कमाएको छ । तीन करोड भारुबाट ओपनिङ गरेको यो फिल्मको कमाइ ऐतिहासिक भएको र यसले अघिल्ला सबै रेकर्डलाई तोडेको आदर्शले उल्लेख गरेका छन् ।
‘फिल्मले दोस्रो सातापनि बक्स अफिसमा प्रभाव जमाउने पक्का छ । एड्भान्स बुकिङ निकै उच्च छ,’ आदर्श लेख्छन्, ‘यसको लाइफटाइम कलेक्सनलाई लिएर अहिल्यै भनिहाल्नु हतार हुनसक्छ । यो एउटा मुभमेन्ट पनि हो । यसले हिन्दी फिल्ममा नयाँ अध्याय लेख्नेछ ।’
अनुपम खेर स्टारर फिल्म शुक्रबारदेखि नेपालमा पनि रिलिज भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4