
४ चैत, बुटवल । कोरोना महामारीका कारण २ वर्षसम्म होली विशेष सांगीतिक कार्यक्रम हुन नसकेको बुटवलमा यो वर्षको होली उल्लासमय बन्यो ।
बुटवलका ट्राफिकचोकमा वर्षौंदेखि स्वतस्फुर्त हुने गरेको होली विशेष रमझमले दुई वर्षपछि पुनः निरन्तरता पायो ।
होलीका दिन बुटवल बजार बन्द गर्ने र ट्राफिकचोकको खुला ठाउँमा युवा युवतीहरुदेखि पाको उमेरसम्मका स्थानीय बासिन्दा जम्मा भएर एक आपसमा अबीर लगाई थरिथरिका गीत बजाएर दिनभर नाच्ने परम्परा छ ।
कोभिडका कारण पछिल्ला २ वर्ष होलीमा रमाउन नपाएका किशोर किशोरी यो वर्ष उत्साहका साथ रमाएका छन् ।
हेर्नुस तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4