
६ चैत, काठमाडौं । सन् १९९० मा कश्मीरबाट हिन्दू पण्डितहरुलाई लखेटिएको विषयवस्तुमा निर्माण भएको बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ले भारतीय बक्स अफिसमा सुनामी ल्याएको छ ।
प्रदर्शनको नवौं दिनमा मात्रै फिल्मले २४.८० करोड भारु कमाएको छ । आइतबार एकैदिनमा २८ करोड कमाउने प्रक्षेपण छ । नवौं दिनसम्म विवेक अग्निहोत्री निर्देशित फिल्मले १४१.२५ करोड भारु कमाएको छ ।
फिल्मले आमिर खान स्टारर ‘दंगल’को रेकर्डलाई तोडेको छ भने विश्लेषकहरुले ‘बाहुबली’को रेकर्डलाई समेत उछिन्न सक्ने अनुमान गरेका छन् । ट्रेड एनालिस्ट सुमित कँडेलले ‘द कश्मीर फाइल्स’को लाइफटाइम कलेक्सन ३०० करोड भारुभन्दा उच्च हुने बताएका छन् ।
उनका अनुसार मार्च २५ मा रिलिजको तयारीमा रहेको फिल्म ‘आरआरआर’को ओपनिङलाई हिन्दी बेल्टमा समेत ‘द कश्मीर फाइल्स’ले अवरोध गर्न सक्छ । ‘तेस्रो सातामा पनि फिल्मको प्रदर्शन बलियो हुनेछ,’ उनले ट्वीट गरेका छन् ।
‘आरआरआर’मा दक्षिण भारतीय सुपरस्टारको बाहुल्यता छ । तमिल र तेलुगूभाषी फिल्म बजारमा यो फिल्मको वर्चस्व हुने अनुमान गरिएपनि हिन्दी बेल्टमा कठिन हुने अनुमान गरिएको छ ।
यो शुक्रबार रिलिज भएको अक्षय कुमार स्टारर ‘बच्चन पाण्डे’को व्यापारमा पनि ‘द कश्मीर फाइल्स’ले असर पारेको जनाइएको छ ।
‘द कश्मीर फाइल्स’ ब्लकबस्टर भएसँगै निर्माताले फिल्मलाई चार भाषामा स्वरांकन गर्ने तयारी गरेका छन् । अनुपम खेर, मिथुन चक्रवर्ती, दर्शन कुमार, पल्लवी जोशी र चिन्मे मण्डलकर अभिनित फिल्मले नेपाली बक्स अफिसमा समेत राम्रो ओपनिङ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4