+
+

थाइल्याण्ड जाने फुटबल टोलीको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १६:५४

६ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मैत्रीपूर्ण फुटबल खेलका लागि थाइल्याण्ड जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरेको छ । एन्फाले आइतबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमकाबीच टोलीलाई बिदाई गरेको हो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले विदाई गरे । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले चैत १० गते थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ । यस्तै चैत १३ गते थाई शीर्ष डिभिजनको क्लब चुनबुरीसँग खेल्नेछ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफा मितिमा नेपालमै टिम बोलाएर खेलाउने प्रयास गरे पनि प्राविधिक कारणले गर्दा सम्भव नभएको बताए ।

‘नेपालमै खेलाउन खोजेको टिम ल्याउन सकेनौं । धेरै निमन्त्रणा थियो । त्यसमा आसियन मुलुक थाइल्याण्डसँग खेल्ने भएका छौं’, शेर्पाले भने, ‘एएफसी एसियन कप छनाेटमा राम्रो नतिजा ल्याउन राष्ट्रिय टिम थाईल्याण्डको राष्ट्रिय टिम र चोङ्गबुरी क्लबसँग खेल्न जाँदैछ ।’

अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीको मनोबल, टिम भावना, प्रशिक्षकको प्रतिबद्धताले गर्दा थाइल्याण्डमा राम्रो प्रदर्शन गर्ने विश्वास लिएको बताए । नेपाली टोली एन्फा महासचिव ईन्द्रमान तुलाधरको नेतृत्वमा सोमबार थाइल्याण्ड प्रस्थान गर्नेछ ।

आगामी जुनमा हुने एसियन कप छनोटको तेस्रो चरणमा नेपाल समूह एमा परेको छ । नेपालको समूहमा जोर्डन, कुवेत र इण्डोनेसिया छन् । छनोटमा थाइल्याण्ड, उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंकाको समूहमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?