
६ चैत, काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा ५ लाख घुस लिएको दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारको टोलीले १५ फागुनमा मेयर धर्मेन्द्रप्रसाद पटेल र उनका सहयोगी अशोकप्रसाद पटेललाई दुई लाख रुपैयाँ नगद र दुई लाख रुपैयाँको चेकसहित पक्राउ गरेको थियो ।
अनुसन्धानको सिलसिलामा मेयर र उनका सहयोगीको मिलेमतोमा घुस लिएको पाइएको भन्दै अख्तियारले दुवै जनालाई ५ लाख रुपैयाँ विगो दावी गर्दै भ्रष्टाचा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।
स्थानीय तहका प्रमुख घुससहित पक्राउ परेको र उनीविरुद्ध मुद्दा चलेको यो पहिलो पटक भएको प्रवक्ता भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया 4