+
+

माडीमा छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १२:०५

७ चैत, चितवन। चितवनको माडीमा एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमेश्वर उच्च माविमा कक्षा ९ अध्ययनरत १५ वर्षीया एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका वडा नं. ५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई पक्राउ गरिएको हो ।

घटना भएको चार दिनपछि चैत ३ गते छात्राकी आमाले इलाका प्रहरी कार्यालय माडीमा आशय करणी अन्तर्गत किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीपछि प्रहरीले लामिछानेलाई पक्रेको हो ।

फागुन २९ गतेको यो घटना विद्यालयभर फैलिएपछि आक्रोशित विद्यार्थीहरूले शिक्षक लामिछानेलाई विद्यालयमा नै मोसो दलेका थिए । विद्यार्थी आक्रोशित बनेपछि विद्यालय व्यवस्थापन समितिले बैठक डाकेर घटना मिलाउन सर्वदलीय संयन्त्र बनाएको थियो ।

माडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्ण पौडेल सहितले शिक्षक लामिछानेले पटक-पटक उही क्रियाकलाप दोहोर्‍याएकाले विद्यालयमा पढाउन दिन नसक्ने भन्दै नगर शिक्षा समितिलाई पत्रसमेत लेखेका छन् ।

बाल यौन दुर्व्यवहारमा कसुर ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था कानुनले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?