७ चैत, विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।
सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै प्रधानमन्त्री देउवाले दोषीलाई कारबाही गर्ने बताएका हुन् । अपराधमा संलग्नले उन्मुक्ति नपाउने उनले बताए ।
उनले स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुने पनि बताए ।
सोमबार सुन्दरहरैँचा–८, सलकपुरमा प्रशासनिक भवन शिलान्यास गरिएको छ । भवन शिलान्यास अघि देउवाले नगरपालिकाले निर्माण गरेको अस्पताल उद्घाटन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4