+
+

विमानस्थलबाट अवैध सुनसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १३:५१

७ चैत, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो २६८ ग्राम सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३८ वर्षीय भारतीय नागरिक शुभम मेहरा रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट सोमबार पक्राउ गरेको हो ।

मेहराले मलद्वारभित्र लुकाएर बेलनाकार रुपमा बनाइएको अर्धठोस एक किलो २६८ ग्रामको सुन प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका उनलाई बरामद सुनसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?