+
+

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका : मन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १७:०२

८ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका हुने बताएका छन् । समाजमा रहेको जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि नयाँ ढंगले सोच्नुपर्ने बेला आएको उनको भनाइ छ ।

५७ औं जातीय विभेद उन्मूलन दिवसको अवसरमा राष्ट्रिय दलित आयोगले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले दलित समुदायमाथि भइरहेको जातीय विभेद अन्त्यका लागि गैरदलितले पनि भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रमका अन्य वक्ताहरुले विभेदका घटनामा प्रमाणको अभावले गर्दा पीडित अन्यायमा परिरहेको बताएका थिए । राष्ट्रिय चरित्र समावेशी हुन नसक्दा दलित समुदायमाथि विभेदमा कमी नआएको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगको सहकार्यमा आरएम मिडिया हाउसबाट प्रकाशित जर्नल ‘प्रतिरोधको शतक’ पनि विमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?