+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares

नेपाल पत्रकार महासंघ गोरखाको भवन शिलान्याश

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १७:३८

७ चैत्र, गोरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखाको आफ्नै भवन बन्ने भएको छ । गोरखा नगरपालिका-८ मा बन्ने भवनको सोमवार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिलान्याश गरेका छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै उनले पत्रकारहरुको संस्थागत बिकासका लागी गण्डकी प्रदेश सरकार सदैव तयार रहने बताए ।

‘गण्डकी प्रदेशका जिल्लाहरुमध्ये जहाँ पत्रकार महासंघको भवन छैन, त्यहाँ भवन निर्माणका लागी यो बर्ष १० लाखका दरले रकम विनियोजन गरेका छौ,’ उनले भने, ‘पहिलो चरणमा सिड मनीको रुपमा यो रकम छुट्याएका हौ, पछि थप गर्दै लान्छौ ।’

तीन आना जग्गामा तीन तले भवन निर्माण हुने महासंघका जिल्ला अध्यक्ष नरहरी सापकोटाले बताए । उनका अनुसार पहिलो तलामा सभाहल रहने छ भने माथिल्लो तलामा कार्यालय र तेस्रो तलामा पाहुना कक्ष रहने छ ।

भवन निर्माणका लागी गोरखा नगरपालिका–८ रानीवन निवासी शम्भु खत्रीले दुई आना जग्गा निशुल्क उपलब्ध गराएका हुन् । बाँकी एक आना महासंघले खरिद गरेको हो ।

भवन निर्माणका लागी करिव ८० लाख लाग्ने अनुमान गरिएको छ । चालु आर्थिक बर्ष गोरखा नगरपालिकाले पाँच लाख र सिरानचोक गाउँपालिका दुई लाख रकम महासंघको भवन निर्माणका लागी विनियोजन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?