+
+

पार्टी भित्रको प्रतिस्पर्धालाई स्वाभाविक रुपमा लिनुपर्छ : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १८:३१
फाइल तस्वीर

७ चैत, मकवानपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रुपमा लिनु पर्ने बताएका छन् । निर्वाचनमा आफूले चाहेजस्तो नतिजा नआएपछि जिम्मेवार नेताहरुलेसमेत सार्वजनिक रुपमा अतिरञ्जित अभिव्यक्ति दिनु दुःखद रहेको उनले बताए ।

आज मकवानपुरको हेटौंडामा नेपाली कांग्रेस प्रदेश कार्यालय उदघाटन कार्यक्रममा पार्टीको १४ औं महाधिवेशनमा भएका घटना स्मरण गर्दै उनले केही जिम्मेवार नेताहरुले समेत गलत भ्रम फिजाउन खोजेको दुखेसो पोखे ।

सभापतिको दोस्रो चरणको प्रतिस्पर्धामा शेरबहादुर देउवालाई साथ दिएपछि देउवा र प्रकाशमानबीच मन्त्रालय भागबण्डा लगायतका गोप्य सहमति भएको भन्दै समाचारहरु सार्वजनिक भएका थिए । उक्त समाचारको प्रकाशमानले खण्डन गर्दै आएका छन् ।

नेता सिंहले आज हेटौंडामा पनि सोही हल्लातर्फ लक्षित गर्दै पार्टीका नेताहरुमा राजनीतिक संस्कार नदेखिनु र सिनियर नेताहरु माथि गालिगलौजमा उत्रिनु दुःखद भएको बताए । ताली खाने भाषण दिंदै हिंड्दा कुनै नेतालाई पनि राम्रो नहुने उनले बताए ।

सबैले पार्टी र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । कांग्रेसले जहिले पनि जनताको हित हुने काम गर्ने बताउँदै उनले कांग्रेस जत्तिको भरोसायोग्य पार्टी अरू नभएको जिकीरसमेत गरे ।

विद्युत र सडकको लागि मात्र एमसीसी अनुदान स्वीकार गरिएको भन्दै उनले सत्ता गठबन्धनका केही दलहरुले भने एमसीसीबारे दोहोरो चरित्र देखाएको आरोप लगाए ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाले अब तेरो–मेरो नभनी विधान सम्मत रुपमा उमेदवारहरु तय गरिने र ती उमेदवारहरुलाई चुनावमा जिताउन केन्द्रित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?