
७ चैत, वीरगञ्ज । वीरगञ्ज महिला गोल्डकप फुटबल प्रतियोगिता २०७८ अन्र्तगत आज भएको खेलमा भारत बिहारको नरकटियागञ्जको टिम विजयी भएको छ ।
बाराको निजगढ फुटबल क्लबलाई ५-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै नरकटियागञ्ज विजयी भएको हो ।
नारायणी रंगशालामा जारी खेलमा आज निजगढ एकेडेमीकी जसोदा लिम्बु बेष्ट गोल किपर, नगरकटिगञ्जकी गोल्डी कुमारी बेष्ट डिफेन्स, निजगढकी समिक्षा मगरवेष्ट मिड फिल्डर र नरकटियागंजकी लक्की कुमारी वेष्ट फरवार्ड घोषित भएका छन् ।
हरेक दिन ४ जना वेष्ट खेलाडीहरुलाई १÷१ हजार रुपैयाँ पुरस्कार दिने गरिएको आयोजक वीरगञ्ज युथ एकेडेमीका सल्लाहाकार हेमन्त चौरसियाले जानकारी दिए ।
बेष्ट खेलाडीहरुलाई सोमबार वीरगञ्ज महानगरपालिका वडा न ४ का वडा अध्यक्ष जगत साह कानु लगायतले पुरस्कार वितरण गरेका थिए ।
चैत १ गतेदेखि जारी प्रतियोगितामा पर्सा, बारा, सर्लाही, मकवानपुर र बिहारका गरी ८ वटा टिम सहभागी छन् । प्रतियोगितामा भोलिदेखि सेमिफाईनल चरणको खेल हुँदैछ ।
भोलि हुने पहिलो सेमिफाईनल खेलमा वीरगञ्ज युथ एकेडेमी पर्सा र बागमती गाउँपालिका-४ फापरबारी भिड्दैछन् ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार र द्वितिय हुने समूहलाई १५ हजार रुपैयाँ पुरस्कार दिईने गोल्डकप संयोजक ऋतु शाक्यले जानकारी दिए ।
प्रतिक्रिया 4