+
+

एनआरएनमा विधान र विधिविपरीत हुन दिन्नौं : संयोजक लामा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते ११:३५

८ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्व सम्मेलन मूल आयोजक समितिका संयोजक सोनु लामाले विधान र विधिविपरीत कुनै काम हुन नदिने बताएका छन् ।

एनआरएनएले कुनै व्यक्तिको हितमा प्रयोग गर्न नदिने उनले बताए । संस्थामा राजनीति घुसाउन खोजिएको भन्दै उनले आपत्ति जनाए । ‘कुल आचार्य कांग्रेसको अनि कुमार पन्त एमालेको भन्छन्, त्यस्तो होइन हाम्रोमा राजनीति पस्नु हुन्न’ उनले भने ।

गत अक्टोबरमै हुनुपर्ने महाधिवेशन समयमा हुन नसक्नुको कारण पनि यस्तै समस्याहरू रहेको उनले बताए । पाँच महिना ढिलो गरेर भए पनि सम्मेलन सुरु भएको भन्दै उनले खुसी व्यक्त गरे ।

गत अक्टोबरमा नै हुनुपर्ने महाधिवेशन ५ महिना ढिलो भई मंगलबारदेखि सुरु भएको हो ।

विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन ३ दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?