+
+

हलिउडले रुसमा प्रतिबन्ध लगाउँदा बलिउड र कोरियाली फिल्मलाई फाइदा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १३:२३

काठमाडौं । ठूला हलिउड स्टुडियोले रुसमा फिल्म प्रदर्शन रोक्ने निर्णय गरेपछि बलिउड र दक्षिण कोरियाली फिल्मलाई फाइदा पुगेको छ ।

भेडोमोस्ती नामक एक रुसी अखबारका अनुसार हलिउडले बहिष्कार गरेपछि रुसी सिनेमा हलले भारतीय, दक्षिण कोरियन र ल्याटिन अमेरिकी फिल्म प्रदर्शन गर्न थालेका छन् ।

सन् २०२१ मा रुसी फिल्म बक्स अफिसमा विदेशी फिल्मले ७५ प्रतिशत हिस्सा ओगेटेका थिए । रुसी हल सञ्चालकहरु मुख्यतयाः दुईवटा पक्षलाई ध्यानमा राख्दै हलमा फिल्म प्रदर्शन गर्ने गर्छन् ।

पहिलो- फुर्सदमा हलमा पुगेर फिल्म हेर्नु रुसीहरुको प्राथमिकता अन्तर्गत पर्छ भने दोस्रो- बत्ती र प्रोजेक्टर लगाएका उपकरणको मूल्यवृद्धि भएपछि पुनः कसरी दर्शकलाई सस्तो दरमा फिल्म देखाउने भन्ने योजना ।

युक्रेन-रुस युद्ध चर्किंदै जाँदा खानेकुरा र वस्तुमा चर्को मूल्यवृद्धि भएपनि फिल्मको टिकट दर भने बढेको छैन । रुसका प्रमुख मल्टिप्लेक्सहरु सिनेमा पार्क, फर्मुलो किनो, प्रिमियर हल, कारो, किनोम्याक्सले युद्धपूर्वकै दरमा फिल्म देखाइरहेका छन् ।

नेभाफिल्म रिसर्चले गत जनवरी १ मा गरेको अध्ययनअनुसार रुसका सबै हलमध्ये ती मल्टिप्लेक्सले त्यहाँको फिल्म बजारको ३१.५ प्रतिशत हिस्सा ओगट्छन् । ती हलले टिकट दरमा वृद्धि नगरिकनै बलिउड ब्लकबस्टर्स र दक्षिण कोरियाली फिल्महरु देखाउन थालेका छन् ।

त्यहाँका मुख्य मल्टिप्लेक्स चेन सिनेमा पार्क र फर्मुला सिनेमामा प्रभास स्टारर बलिउड फिल्म ‘राधेश्याम’का शो सप्ताहन्तमा हाउसफुल भइरहेका थिए ।

गत फेब्र्रुअरी २४ देखि रुसले युक्रेनविरुद्ध सैनिक आक्रमण सुरु गरेको थियो । हलिउडका ठूला स्टुडियोहरु डिज्नी, प्यारामाउन्ट, युनिभर्सल र नेटफ्लिक्सले रुसलाई प्रतिबन्ध लगाइसकेका छन् भने कास्ट, भेनिसजस्ता फेस्टिभलले पनि रुसी फिल्मलाई स्क्रिनिङ नगर्ने निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?