+
+

सौगातको ‘लाखे’ भदौ ३१ मा रिलिज हुने, ‘बाबरी’सँग भिडन्त हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १३:४४

काठमाडौं । आगामी भदौ ३१ गते बक्स अफिसमा दुई नेपाली फिल्मबीच भिडन्त हुने भएको छ । उक्त मितिमा सौगात मल्ल स्टारर ‘लाखे’ र धीरज मगर अभिनित ‘बाबरी’ प्रदर्शन हुने भएका छन् ।

‘लाखे’ले मंगलबार रिलिज मिति घोषणा गरेपछि भिडन्त निश्चित भएको हो । स्टारकास्टको हिसाबले यी दुवै फिल्मलाई घरेलु बक्स अफिसमा महत्वका साथ लिइन्छ ।

कार्यकारी निर्माता हरि मल्ल ठकुरीले लाखेका केही तस्वीर सेयर गर्दै प्रदर्शन मिति सार्वजनिक गरेका छन् । सम्राट बस्नेत निर्देशित यो फिल्मलाई आरआर फिल्म्सले वितरण समेत गर्ने भएको छ ।

‘लाखे’मा सौगात मल्ल, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, अर्पण थापा, प्रशान्त ताम्राकार लगायतको अभिनय छ । गणेश मल्ल ठकुरी (जीएम)को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । सुसन प्रजापतिले खिचेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत छ ।

फिल्म गुणस्तरीय बनाउन कुनै कसर बाँकी नराखेको निर्देशक सम्राटले बताएका छन् । उनले केही समयमै फिल्मको फस्टलुक पोस्टर दर्शकमाझ ल्याउने तयारी गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?