+
+

१६ अंकले बढ्यो नेप्से, साढे २ अर्बको सेयर कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १५:०६

८ चैत, काठमाडौं । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १६ दशमलव ०४ अंकले बढेर २ हजार ६ सय ५० दशमलव ७० अंकमा पुगेको छ । यस अघि साताको पहिलो दिन आइतबार दोहोरो अंकले बजार घटेको थियो भने सोमबार दोहोरो अंकले नै बढेको थियो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.०६ अंकले बढेको छ । ‘क’ वर्गमा २५ वटा बैंक्सहित ३६ कम्पनीहरु रहेका छन् । नेप्से परिसूचक बढे पनि कारोबार रकम २ अर्ब ५१ करोडमा रोकिएको छ ।

दिनभर ३६ हजार ७७२ कारोबारबाट २३५ धितोपत्रका ५३ लाख २९ हजार ९९३ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?