+
+

विगतका तिता कुरा बिर्सन्छौं, त्रुटि सच्याउँछौं : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १७:१९

८ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू पार्टी उठाउन दिनरात मेहनत गर्न तयार भएको बताएका छन् । मंगलबार जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकमा उनले विगतका तिता कुरा बिर्सने र त्रुटिलाई सच्याएर अघि बढ्नुपर्ने बताए ।

धर्म परिवर्तनको डढेलोले सामाजिक सद्भाव खल्बलिने भन्दै थापाले भ्रस्टाचार र बेरोजगारीको डरलाग्दो बढोत्तरीलाई रोक्नेतर्फ कसैको चासो नदेखिएको बताए ।

राप्रपा नेपाललाई काङ्ग्रेस कम्युनिस्टको बिकल्पको रुपमा अघि बढाइने भन्दै थापाले अहलेसम्म आर्थिक क्रान्तिको विषय कसैको प्राथमिकतामा नपरेको राजनैतिक एजेन्डामा मात्र सबै अलमलिएको आरोप लगाए ।

बैठकमा पार्टीका महामन्त्रीत्रय सुशील श्रेष्ठ, भाष्कर भद्रा र राजाराम बर्तौलाले स्थानीय निर्वाचन तयारी र प्रशिक्षण, सचिवालय तथा संगठन सम्बन्धमा धारणा राखेका थिए । बैठकमा ४५ जिल्ला कार्य समितिका अध्यक्ष एवम् केन्द्रीय पदाधिकारी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?