+
+
Shares

संसद अवरोध पनि प्रतिगमनकै निरन्तरता : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १८:०१

८ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद अवरोध पनि प्रतिगमनकै निरन्तरता भएको बताएका छन् ।

मंगलबार धनुषामा आयोजित पार्टीको प्रशिक्षढ कार्यक्रममा उनले संसद विघटन गर्नेहरु अहिले संसद चल्न नदिने पक्षमा लागेको टिप्पणी गरे ।

‘सदनमा प्रतिपक्षीले नयाँ संवैधानिक न कानुनी कुनै आधार बिना सदन अवरुद्ध गरिरहेको छ । त्यो पनि प्रतिगमनकै निरन्तरता हो । जुन सेटिङमा प्रतिगामीहरुले संसद विघटन गरे त्यही सेटिङवाला अहिले पनि यसकै पक्षमा छन्’ उनले भने, ‘यो निर्वाचनमा त्यसको भण्डाफोर गर्न पछि पर्न हुँदैन ।’

अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा मधेसी समुदायको माग पूरा गर्न संविधान संशोधन प्रस्ताव ल्याए पनि एमालेले असफल पारेको आरोप लगाए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?