+
+
Shares

हार्डवेयर र खुद्रा समान बोकेको ट्रक प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते २०:१७

८ चैत, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट भन्सार छलीको समान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघरस्थित सडकखण्डबाट ना ३ ख ४३५९ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकमा भन्सार छली ल्याएको हार्डवेयर तथा खुद्रा मालवस्तुहरु लोड रहेको दावी प्रहरीले गरेको छ ।

प्रज्ञापनपत्र विना हार्डवेयर तथा खुद्रा मालवस्तुहरू लोड गरी जनकपुर लाँदै गरेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले ट्रक नियन्त्रणमा लिएको थियो ।

रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका हार्डवेयर तथा खुद्रा मालवस्तुहरू फेला परेकोले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

बरामद गरिएको सामानको मुल्य ४० लाख रुपैयाँ अनुमान गरिएको छ । नियन्त्रणमा लिएको ट्रक समान सहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?